२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

शेर्पा समुदाय ग्याल्बो ल्होसार मनाउँदै



काठमाडौँ ।

शेर्पा समुदायसहित बौद्ध धर्मावलम्बीले मनाउने ग्याल्बो ल्होसार आज मनाईँदैछ । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्बो ल्होसार मनाईन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उहाले यसले नेपाल र नेपालीबिच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  २ : ४३ बजे