२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

देशभरको मौसम दिनभर सफा रहने



काठमाडौं ।
देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रमा अपराहन्नतिर आंशिक बदली भइ एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेने मौसमविदको भनाई छ ।

बिस्तारै तापक्रम बढ्दै जान थालेकाले जलवाष्प युक्त वायु पाउने वित्तिकै बादल बन्ने भएकाले बेलुका तिर पहाडी क्षेत्रमा मेघ गर्जन हुने र क्षणिक वर्षाको सम्भावना रहेन मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  २ : ४६ बजे