२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

ओखलढुंगामा बस र सुमो ठोकिदा ६ घाइते एकको अवस्था गम्भिर



ओखलढुंगा ।
मध्य पहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका छन।काठमाडौंबाट ओखलढुंगा आउदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र सोलुखुम्बुुको नेले बाट काठमाडौं जादै गरेका ना १ ज ७०९४ नम्बरको सुमो फिक्कल गाउँपालिका– ५ झँगरेमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका हुन। सोलुखुम्बु नेलीकी ८० वर्षिय देवउकुमारी खत्रि, ३८ की कृष्ण कुमारी खत्रि, मोगरेकी वर्ष २२ की धनकुमारी सार्की, थुलुङ्गदुधकोशी गाउँपालिका–१ वर्ष ४५ की जांमु शेर्पा र उनका तीन वर्षिय छोरा सांगे शेर्पा सहित सुमो चालक सिन्धुपाल्चोकका ४४ वर्षिय राजेन्द्र बानिया घाईते भएका छन् ।

घाईते ६ जना मध्ये एकको अवस्था गम्भिर रहेको अस्थायी प्रहरी चौकी फिकल सिन्धुलीका प्रहरी सहायक निरिक्षक षडानन्द यादवले जानकारी दिएका छन्। घाईते सोलुखुम्बुकी ८० बर्षिय देवकुमारी खत्रीको अवस्था गम्भिर रहेको यादवले बताए । खत्रिको हाँत भाचिनुका साथै निधारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाईएको छ। अन्यको उदयपुरको घुर्मिमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १० : ३८ बजे