२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसमः पहाडमा बदली, अधिकांश ठाउँमा सफा



काठमाडौँ ।
देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार शुक्रबार अधिकांश भूभागको मौसम सफा रहनेछ । तर पहाडी भूभागको एक वा दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : ४३ बजे