२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

गण्डकी मेडिकल कलेजका कर्मचारीविरुद्ध ठगी मुद्धा



कास्की । 

गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।

ठगी गरेको आरोपमा कलेजका १० जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिकोमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको थियो ।

बाँकीको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । अध्यक्ष अर्यालसहित अन्य फरार रहेको र सम्बन्धित क्षेत्रमा सर्कुलर गरिसकेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ९ : २३ बजे