८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सीके राउतलाई प्रम ओलीले भने, प्रचण्ड जतिक्कै क्षमतावान



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेश आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपा अध्यक्ष प्रचण्ड जतिक्कै क्षमतावान भएको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो। सीके राउतजीको आन्दोलन पनि उहाँ जतिक्कै क्षमतावान रह्यो ।’

उनले जाति जाति लडाउने र भूगोल भूगोल लगाउने कुरालाई त्यागे आउने कुरा चाचुने कुरा नभएको भन्दै प्रधानमन्त्री ओलीले देश बनाउन उहाँको भूमिका महत्वपूर्ण रहने बताए ।

उनले भने, ‘ हिंसारहित बाटोबाट पनि प्रतिक्रियाबादी शक्तलाई पराजित गर्न सकिन्छ भन्ने कुरा सीके राउत जीले सन्देश दिनु भएको छ ।’ उनले अब आफ्ना आग्रहलाई जनताका भन्दै थोपर्ने परिपाटी अब संसदीय प्रणालीमा काम नलाग्ने दाबी गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ९ : ३४ बजे