२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

विप्लव प्रति आक्रोशित हुँदै प्रधानमन्त्रीले भने, पार्टीको नाम ‘लुटेरा समूह विप्लव’ राखे हुन्छ



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको बताउनु भएको छ ।

डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई तर्साएर, बम विस्फोट गराएर नागरिकको हत्या गरेर, चन्दा आंतक मच्चाएर कम्युनिष्टको नाममा राजनीति बन्द गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।

विप्लव नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यो एउटा ‘लुटेरा समूह’ मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरु पनि लुटेरा समूह छन् भने नाम ‘लुटेरा समूह विप्लव राखे हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउत समूह आन्दोलन त्यागेर मूल धारको राजनीतिमा आउनु नेपालको राजनीतिमा विशेष अवसर भएको पनि बताउनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ९ : ५९ बजे