२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

स्कूटर दुर्घटनाबाट एक जनाको ज्यान गयो



भक्तपुर ।
भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । सूर्य्विनायक नगरपालिका ६ घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ सूर्य्विनायक बस्ने २६ वर्षका राजीव लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका रामेछाप सुनापती ४ घर भइ भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  २ : ३५ बजे