५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जन्ती बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत



हेटौँडा ।
मकवानपुरको गढीगाउँपालिका–२, धरमपानीमा जन्ती बोकेको बस दुर्घटना दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने वर्ष २१ वर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बोडे बस्ने ३० वर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भक्तपुरबाट हेटौँडाका लागि जन्ती बाकेर आएको बा।४ ख २२१७ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए। जसमध्ये १७ जना सामान्य घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइते भएकाहरूको हेटौँडा अस्पताल र गम्भीर घाइते भएकाको हेटौँडा–११, स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईसहितको टोली पुगेको थियो। घाइतेहरूको सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ११ : ०८ बजे