५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सीके राउतको विषयमा देउवा र प्रबक्ता होचुँवाको भरमा बोलेः नेता पौडेल



बुटवल ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीके राउत समूहसँग सरकारले गरेको सहमतिको विषयमा पार्टीले अपरिपक्क प्रतिक्रिया दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सभापति शेरवहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययन नै नगरी बोल्नु गलत भएको भन्दै उहाले आलोचना गर्नुभयो । बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले सहमतिका विषयहरु गम्भीर रहेको भन्दै त्यसमा सहमत हुनै नसकिने बताउनुभयो ।

‘पार्टी सभापति र प्रवक्ताजीले अध्ययन नै नगरी हतारमा अपरिपक्क धारणा राख्नुभयो’, उहाले भन्नुभयो–‘यो विषयमा मैले शुरुदेखि नै असहमति जनाइरहेको छु ।’ सीके राउतसँगको सहमति लगत्तै देउवा र शर्माले स्वागत गर्नुभएको थियो ।

पौडेलले भने सरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको दाबी गर्नुभएको छ । उहाले सीके राउतसँग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको आरोप लगाउनुभयो । नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुष्प्रचार गरिरहेको उहाको धारणा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  १२ : ३३ बजे