५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु



सप्तरी ।
सप्तरी र बीरगंजमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाह चोक नजिक आज बिहान भएको सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सुरुङगा नगरपालिका–५ का मझलुम मिया र सोही वडाका रामेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
दुर्घटना हुँदा बस अनियन्त्रि भइ सडकमै पल्टिंदा बसमा सवार २४ जना भन्दा बढी यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका को १ ख ४९६४ बसले विपरित दिशाबाट आउँदै गरेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
यसैबीच, भारतीय ट्रकको ठक्करबाट वीरगञ्जमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ । गएराति एन.एल.०१ जी ०९६२ नम्बरको भारतीय ट्रकले ना ४६ प ९००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरुको सनाखन हुन बाँकी छ । फलाम बोकेको मालबाहक भारतीय ट्रकले शंकराचार्य गेटनजिकै मोटरसाइकललाई ठक्कर दिएको र ट्रक तथा त्यसका चालक भारत बिहार भोजपुर गन्गौलका ५५ वर्षीय हरेराम ठाकुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ७ : ४० बजे