५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सभामुखको निर्देशन



काठमाण्डौ ।
सभामुख कृष्णबहादुर महराले मधेस आन्दोलन र थारु आन्दोलनका घटनाको छानबिन गर्न गठित सर्वोच्च अदातलका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन । संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख महराले यसअघि पनि उक्त प्रतिदेशन सार्वजनिक गर्न मन्त्रीलाई निर्देशन दिइएको उल्लेख गर्दै सरकारलाई निर्देशन दिएका हुन ।
राष्ट्रिय जनता पार्टी नेपालले उक्त प्रतिवेदन सार्ज्निक गर्न माग गर्दै आएको थियो। राजपले बुधबारको बैठक उक्त विषयलाई लिएर अवरुद्ध गरेको थियो । दोस्रोपटक बसेको बैठकमा पनि राजपाले अवरुद्ध गरेपछि सभामुख महराले यथाशीघ्र उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका हुन । तत्कालिन मधेसी मोर्चा र शेरबहादुर देउवा नेतृत्वको सरकारबीच भएको सम्झौता अनुसार २०७३ असोज २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा आयोग गठन भएको थियो। उक्त कार्यदलले२०७४ माघ २९ सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ८ : ५३ बजे