१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकार सीके सम्झौताबारे स्पष्ट पार्न कांग्रेसको माग



काठमाडौँ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी फागुन २४ गते सरकारले राउतलाई मूलधारको राजनीतिमा ल्याउने भन्दै गरेको सहमतिबारे दुवै पक्षले साझा व्याख्या गर्नु पर्ने माग गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराउनु स्वागतयोग्य भए पनि सम्झौताको २ नम्बर बुँदामा असन्तुष्टिहरु जनअभिमतबाट समाधान खोज्ने उल्लेखित विषयमा आफूहरुको आपत्ति रहेको जनाए।‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौुं भन्ने सम्झौताको दोस्रो पंक्तिको साझा व्याख्याा सत्तापक्ष र गठबन्धनको पक्षले मुलुक समक्ष तत्काल प्रस्तुत गर्न नेपाली कांग्रेस माग गर्दछु प्रवक्ता शर्माले जारी विज्ञप्तिमा छ।

उनले यो सम्झौताबाट विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको समेत आरोप लगाए।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ११ : ४६ बजे