१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेसबुकमा देखियो ठूलै समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित



एजेन्सी । 

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ ।

अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ । नेपालमा पनि फेसबुक खोल्दा ‘इरर’को सन्देश आउच्छ र छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  २ : ०८ बजे