२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

तत्काल डिम्याट खाता संचालन गर्न कृषि विकास वैंकको आग्रह


३० फाल्गुन २०७५ बिहिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, चारनम्बर ।
नेपालको कृषि तथा वैकिङ्ग सेवामा ५० वर्षदेखि सेवा प्रवाह गरिहेको कृषि विकास वैंकले शेयरधनी ग्राहक वर्गलाई डिम्याट खाता संचालन गर्न अनुरोध गरेको छ । वैंकको यहि आउदो चैत्र १५ गते आयोजना हुने बार्षिक साधारण सभाबाट बोनस शेयर धनीको डिम्याट खातामा सिधै नगद लाभान्स पठाउने हुदा अनिवार्य रुपमा डिम्याट खाता संचालन गर्न अनुरोध गरेको हो ।
विगतमा शेयरधनीले खरिद गरेका वैंकको शेयर प्रमाणपत्रहरुलाई अभौतिककरण गराई शेयर धनीले नगद लाभांशका लागि हितग्राही खाता (डिम्याट एकाउण्ट) संचालन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । विगत वर्षहरुमा जस्तो आगामी वर्षमा बोनश शेयरको प्रमाण पत्र तथा नगद लाभांस पुर्जा वितरण गर्न नसकिने जनाउदै कागजी प्रमाणपत्रलाई डिम्याट खाता मार्फत विस्थापन गरिने वैंकले जनाएको छ । वैंकले राष्ट्रिय स्तरमा एक सूचना जारी गर्दै हालसम्म पनि हितग्राही खाता (डिम्याट एकाउण्ट) नभएका शेयरधनी सदस्यलाई कृषि विकास वैंक लिमिटेडको नजिकैको शाखामा सम्पर्क राखेर डिम्याट खाता संचालन गर्न आग्रह गरिएको चारनम्बर जीतपुर शाखाका कर्मचारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभएको छ । शर्माका अनुसार धेरै शेयरधनी महानुभावले डिम्याट खाता संचालन नगर्दा वैंकबाट पाउनुपर्ने लभान्स सुविधाबाट बञ्चित हुन नदिन तत्काल डिम्याट खाता संचालन गर्न आग्रह गरिएको छ । साथै वैंकले चैत्र मसान्त सम्म लागु हुने गरी आधुनिक वैंकिङ्ग सेवाहरुमा लाग्ने रजिष्ट्रेशनमा निशुल्क समेत गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ३ : ०७ बजे