२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अमेरिका–मेक्सिको सीमा पर्खाल ट्रम्पले प्रयोग गरे भिटो, लाग्ने भयो आपतकाल



एजेन्सी ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागु गर्ने आफ्नो निर्णयको विपक्षमा कंग्रेस जाने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेका छन् ।राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानको मुख्य वाचा सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालको विषयमा सहमति नजुटेपछि आपतकाल लगाउने घोषणा गरेका थिए ।तर राष्ट्रपति ट्रम्पको आपतकालको निर्णयको विपक्षमा कंग्रेसको प्रस्तावमा ट्रम्पले भिटो प्रयोग गरेका हुन् । यसको अर्थ मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागु हुनेछ ।

ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि आपतलकाल लगाउने निर्णयको विरोधमा ल्याएको प्रस्ताव बिहीबार कंग्रेसबाट पारित भएको थियो । यो प्रस्तावको पक्षमा १२ रिपब्लिकन सांसद पनि थिए ।

ट्रम्पले यसमा भिटो प्रयोग गरेर सीमा पर्खालका लागि आफ्नो प्रतिबद्धता स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पको भिटो रद्द गर्नका लागि कंग्रेसको दुवै सदनमा अब दुई तिहाई मत चाहिन्छ, तर यो सम्भव देखिँदैन ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ३४ बजे