२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



लहान ।
पूर्व(पश्चिम सडकअन्तर्गत सिरहाको चोहर्वामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु भएको छ। पूर्व–पश्चिम सडक अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा शनिबार बिहान करिब १० बजेतिर भएको दुर्घटनामा घाइते भएका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार घाइते ठाकुरलाई मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचार गरी थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा जाँदै गरेको ज. १२ प ६६४९ नम्बरको मोटरसाइकल अनियन्त्रि भई दुर्घटना हुँदा ठाकुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक ठाकुर सिरहाको नरहा गाउँपालिका ३ पानबारीका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १० : ३२ बजे