३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

गुल्मीमा लडेर महिलाको मृत्यु



गुल्मी ।
छत्रकोट गाउँपालिका–३ मा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने ४१ वर्षीया शान्ति परियार रहेको प्रहरीले जनाएको छ। परियार सोमबार बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा भीरबाट लडेर घाइते भएकी थिइन।
उनी बाटोबाट करिब २० मिटर खसेको बताइएको छ। उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए। शव पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ८ : ५५ बजे