२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

न्याम्सका पदाधिकारी नियुक्ति प्रति सरकारी चिकित्सकको संघको विरोध



काठमाडौं ।
गत साता सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा गरेको उपकुलपतिको नियुक्ति प्रति सरकारी चिकित्सक संघ गोदानले आपति जनाएको छ। संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारको नियुक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो। संघले पुस ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग गरेको सम्झौताको बुँद चार विपरित गरेको दावी गरेको भन्दै संघले बिरोध जनाएको हो। सरकारसँग सम्झैता भएको सम्झैतापत्रको बुँदा नं ४ मा एउटै छाता ऐन ल्याई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्ने र हाल सम्म प्रतिष्ठानहरुले संचालन गरेका सम्पूर्ण अस्पतालहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंखया मन्त्रालय अन्र्तगत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्य सेवाको कर्मचारी मध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था अगाडि बढाउने भन्ने उल्लेख गरिएको छ। मन्त्रालयले आफैले गरेको निणर्य विपरित न्याम्समा नेपाल सरकारले गरेका नियुक्तिहरुले सरकारी सेवामा रहेका चिकित्सकहरुलाई अयोग्य ठहर गरी अबमुल्यन गरेको प्रति गोदानले घोर विरोध गरेको संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए। उनले भने ु एक त हामी सँग भएको सम्झौता अनुसार भिसी नियुक्त भएको छैन अर्को हामी न्याम्स भन्दा बाहिरको भिसी मान्दैनौँ।ु गत साता न्याम्समा सात महिना पछि सरकारले डा डिएन शाहलाई भिसी लगायतका पदाधिकारी नियुक्ति गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ९ : ०० बजे