६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

१५ वटा सरकारी गाडीसहित २९७ सवारी ट्राफिक कारबाहीमा



काठमाडौं ।

उपत्यकामा मंगलबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार दिँउसो १२ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाका अनुसार अहिलेम्म सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवारी चलाउने १५, कागजपत्र नभएको १८६, हेलमेट नलगाएको १७, तीन जना सवार २३ र अन्य २७ गरी कुल २९७ सवारी कारबाहीमा परेका छन्।

आज राजधानीमा ट्राफिक प्रहरीले सुरक्षा जाँच कडा पारेको छ। अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ।उपत्यकाका ७७ स्थानमा चेकिङ प्वाइन्ट र १५ वटा मोबाइल भ्यानहरूले गस्ती गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ८ : ५२ बजे