२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

होली मनाउन घर हिँडेका युवाको दुर्घटनामा परि ज्यान गयो



धादिङ ।
होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकल र हेटौडाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ बेनीघाट गोमती पुलमा एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थितयो ।
दुर्घटनामा पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगर घाइते भएकोमा उपचारका लागि काठमाण्डौतफ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा पोखराकौ मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  १० : ०९ बजे