५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

प्रदेश प्रमुख झा आज कपिलवस्तु आउँदै



मायादेवी अनलाइन, वाणगंगा ।

प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झा आज कपिलवस्तु आउँदै हुनहुन्छ । कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा हुने श्री भविष्य पुराण पाठपारायण तथा श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटनको लागि उहाँ यहाँ आउन लाग्नु भएको हो ।

श्री कैलाश आश्रम गुरुकुल संरक्षण समितिको आयोजनामा हुने महायज्ञको उहाँले मध्यान्ह १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको यज्ञ मूल आयोजक समितिका अध्यक्ष रविराज ज्ञवालीले बताउनुभयो । उद्घाटन पूर्व सांस्कृतीक झाँकी, बाजागाजा र भजनमण्डली सहित बैरियाचोकबाट र्याली निकालिने जनाइएको छ ।

नैतिक मूल्यमान्यतामा आधारित शिक्षाको माध्यमबाट बैदिक सनातम भर्म संस्कृतीको प्रवर्धन गर्दै सु संस्कृत एंव सभ्य समाजको निर्माण गर्ने मुख्य उद्धेश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रविराज ज्ञवालीले जानकारी दिनुभयो ।

नन्दनगरको धार्मिक एंव पर्यटकीय स्थलको प्रर्वधन गर्ने र गुरुकुलको शैक्षिक स्तर उन्नती गर्ने अर्को उद्धेश्यले आजदेखि १७ गते सम्म महायज्ञ हुने छ ।

महायज्ञको प्रमुख बाचकको रुपमा दिग्दर्शक बाचन शिरोमणी दिपक सापकोटा रहनुभएको हुँदा गत बर्षको बर्ष यस बर्षको महायज्ञ फरक हुने आयोजकको दाबी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ४ : ३२ बजे