१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आगलागीमा चार घर जले



इनरुवा ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ। आगलागीमा चार वटा घर र एउटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो। स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एकरएक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुयालले बताए। स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो। आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए। रासस

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ६ : ४६ बजे