१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

आगलागीमा परेर बालिकाको ज्यान गयो



दाङ ।
दाङमा आगलागीमा परेर एक बालिकाको ज्यान गएको छ । आगलागीमा परेर राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको ज्यान गएको हो ।

हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई कोरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएको थियो । आगोमा परेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा बुुटवल प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै, विद्युतको तार सट हुुँदा बंगलाचुली गाँउपालिका–८ झिम्डीका फनादर घर्तीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा घरमा रहेका अन्नपात, कपडा जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ६ : ५६ बजे