१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

भलिबल खेल्दा विवादपछि भएको झडपमा एकजनाको मृत्यु



बझाङ  ।

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ का १८ वर्षीय  आनन्द विकको ज्यान गएको छ ।

आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो । घाइते विकको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमबार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा न ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न दुवैजना फरार रहेको डीएसपी धिताले बताउनु भयो । दुवै जनाको खाजी कार्य भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ७ : ०० बजे