१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु



झापा ।
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका २ स्थित झिलमिले पुलनजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट साइकलयात्री राई गम्भीर घाइते भएकोले उनलाई उपचारका लागि बिएण्ड सी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको क्रममा आइतबार राती मृत्यु भएको प्रहरीले जनाएको छ। यता मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका १ बस्ने २६ वर्षीय रिन्छे सेल्मु पनि घाइते भएकोले सोही अस्पतालमा उपचार भइरहेको छ। यता दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बुधवारेले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  १० : ३१ बजे