७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हिमपातका कारण एसइईका परीक्षार्थीलाई समस्या



हुम्ला ।

हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ । हिमपात हुँदा एसइईका परीक्षार्थीलाई समस्या भएको छ ।  हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए ।

सोमबार दिनभरि पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात सुरु भएको छ । एसइई परीक्षा चैत १० देखि सुरु भएको हो । हिमपातसँगै चिसो बढेकले परीक्षार्थीलाई लेख्न समस्या भएको छ ।

जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : १० बजे