१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चितवनमा ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते



चितवन ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का ३५ वर्षीय भोमबहादुर पुलामी मगर रहेका छन्। उनका श्रीमती र छोरा घाइते भएका छन्। वीरगञ्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९९८१ नम्बरको मालबाहक ट्रकले विपरीत दिशातर्फ गइरहेको ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका १ गणेशचोकमा मंगलबार बिहान १०ः२० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट एउटै मोटरसाइकलमा सवार पुलामीसहित उनकी श्रीमती र छोरा घाइते भएका थिए। पुलामीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिहान ११ मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ३० वर्षीया कालीमाया र ८ वर्षीय लीलबहादुरको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ। मृतक मगरको शव भरतपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक, चालक र मोटरसाइकल खैरहनी प्रहरीको नियन्त्रणमा छ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ७ : ०५ बजे