७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेस नेता सिटौला डिस्चार्ज



काठमाडौं ।
पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार डिस्चार्ज भएका हुन्। गत शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले आइसियुमा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ७ : ०८ बजे