१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लगातार ४५ दिनसम्म पबजी खेलेका युवकको मृत्यु



एजेन्सी ।
अनलाइन गेम पबजीको लतका कारण एक २० वर्षका युवकले ज्यान गुमाएका छन् । यो घटना भारतको तेलंगानाको जगतियाल शहरको हो । त्यहाँ एक विद्यार्थी लगातार ४५ दिनसम्म अनलाइन गेम पबजी खेलिरहे, जसका कारण उनको मृत्यु भयो ।
भारतीय सञ्चार माध्यमका अनुसार लगातार ४५ दिनसम्म पबजी खेलेका ती विद्यार्थीको घाँटीमा दुखाई सुरु भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । हैदराबाद स्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो ।
डाक्टरले लगातार घोप्टो परेर गेम खेलेका कारण घाँटीको नशा सुन्निएर उनको मृत्यु भएको बताएका छन् । यसअघि पनि महाराष्ट्रको हिंगोलीमा पबजी खेलिरहेका दुई युवकको रेल दुर्घटनामा मृत्यु भएको थियो । अनलाइन गेम पबजीलाई ब्याण्ड लगाउन विभिन्न ठाउँमा आवाज उठिरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ७ : २० बजे