१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

सल्यानबाट विप्लवका चार कार्यकर्ता पक्राउ



सल्यान ।
सल्यान प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना जिल्लास्तरीय नेताहरूलाई पक्राउ गरेको छ। प्रहरीले पार्टीका जिल्ला सदस्य मदन केसीसहित अन्य तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ। विभिन्न समयमा गरेर अहिले नेकपाका चार जना जिल्ला स्तरीय नेताहरू प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भीमबहादुर ओली, सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सचिव खुमलाल केसीलाई पक्राउ गरिएको छ। विभिन्न आरोपमा उनीहरूलाई फरक फरक दिन पक्राउ गरिएको डिएसपी शाहीले बताए। पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए। पार्टीमा आस्था भएकै कारण नेताहरूलाई पक्राउ गर्नु गैरकानुनी भएको भन्दै नेकपा सल्यानले आपत्ति जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ९ : ०५ बजे