११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

निर्मलाका हत्यारालाई गृहमन्त्रीले संरक्षण दिएः काग्रेस नेतृ डा.संग्रौला



बुटवल ।
नेपाली काग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले मुलुक संघियतामा गईसकेपछी पनि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको अधिकार दिन खोज्नु संबिधानको मर्म बिपरीत भएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियनले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. संग्रौलाले प्रदेश भित्रको सुरक्षाको जिम्मा र अधिकार मुख्यमन्त्रीलाई दिनुपर्ने बताउनु भयो । उहाले सरकारले नै संबिधानको मर्म अनुसार काम नगर्दा समस्या बढ्दै गएको बताउनु भयो ।
उहाले संबैधानिक परिषदले गरेका निणर्यहरुका सम्वन्धमा बिरोधको सुचना दर्ता गर्दा त्यसउपर छलफल नगरीनु दुखद भएको बताउनु भयो ।
प्रतिनिधि सभाका सदस्य डा. संग्रौलाले बिरोधको सुचना माथि छलफल नभएसम्म प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस काग्रेसका सभापति शेर बहादुर देउवा संबैधानिक परिषदको बैठकमा सहभागि नहुने बताउनु भयो ।
नेपाल महिला संघी निवर्तमान सभापति समेत रहनु भएकी डा. संग्रौलाले निर्मला हत्याकाण्डका दोषिलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारबाटै संरक्षण गरेको आरोप लगाउनु भयो ।
उहाले भन्नुभयो ८ महिनासम्म निर्मला हत्याकाण्डमा संलग्न अपराधि पक्राउ परेका छैनन तिनिहरु कहा छन खोजी भइरहेको छ गृहमन्त्रीले संसदमा ९४ प्रतिशत अनु्सन्धान भइसक्यों अव अपराधि पक्राउ पर्छन भन्नु भएको पनि महिनौ बित्यो तर पक्राउ परेका छैनन अपराधिलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारमा राखेर संरक्षण गरेकाले नपक्रिएका हुन ।
पत्रकार सम्मेलन युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचिव कल्पना तिवारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  १२ : १२ बजे