१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गोरखाको आँबुखैरेनीमा बस दुर्घटना, १८ घाइते



गोरखा ।
आँबुखैरेनी गोरखा सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

आँबुखैरेनीबाट पालुङ्टार ९ सेरा पौवाटारतर्फ जाँदै गरेको ना ७ ख २०७० नम्बरको बस र गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ना ५ ख ५८११ नम्बरको ट्रक मंगलबार साँझ सवा पाँचबजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको डीएसपी महेन्द्र नेपालले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए।

घाइतेमध्ये सुमित्रा नहरकोटी र भोजराज बराल गम्भीर छन्। उनीहरूलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजतर्फ लगिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

घाइतेहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। ट्रक र बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  १२ : २५ बजे