८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारत अन्तरिक्ष महाशक्ति बनेको मोदीको घोषणा



एजेन्सी ।
भारत अन्तरिक्ष महाशक्ति बनेको प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन। देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ’केही समय पहिले भारतले अभूतपूर्व सफलता हासिल गरेको छ। भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्ति राष्ट्रको रूपमा दर्ता गराएको छ। दुनियाँका तीन देश अमेरिका, रुस र चीनले यो उपलब्धि हासिल गरेका थिए। अब यो पंतिमा भारत पनि सामिल भएको छ।’
मोदीले उक्त सेटेलाइट अन्तरिक्षमा ३०० किलोमिटर टाढा लो अर्थ अर्बिट (एलइओ)मा सेटलाइटलाई खसालेको जानकारी दिए। यो एक पूर्व्निर्धा्रित लक्ष्य थियो र त्यो तीन मिनेटभित्र नै पूरा गरिएको थियो भन्ने कुराको जानकारी पनि उनले दिए। यो कठिन मिसन भएको मोदीको भनाइ थियो। मोदीले उक्त अभियानमा लागेका वैज्ञानिकलाई बधाई पनि दिएका थिए।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ९ : ३३ बजे