५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

पार्टी सुधार्न लागिपरेको छुः महामन्त्री कोइराला



घोराही ।
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उहाँको जिकिर थियो ।
प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।
“महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु”, उहाँले भन्नुभयो, “पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागतरूपमा सफल पार्नुपर्छ ।” उहाँले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गर्नुभयो ।
नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाउनुभयो । उहाँले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताउनुभयो । रासस

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  १० : ३३ बजे