१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शिक्षक संगठन रुपन्देही अध्यक्ष सहित विप्लव समूहका कार्यकर्ता पक्राउ



रुपन्देही ।
रुपन्देहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले विप्लव समूहका आचार्यसहित कार्यकर्ताहरु रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका आचार्य रुपन्देहीको सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत हुनुहुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  १ : ५७ बजे