१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पत्नीको उपचारका लागि अमेरिका गएका प्रचण्ड आज नेपाल फर्कँदै



काठमाडौं ।
पत्नी सीता दाहालको उपचारका लागी अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश आइपुग्ने भएका छन् । उनी बुधबार अमेरिकाबाट नेपाल प्रस्थान गरेका थिए ।
पार्किन्सन रोगबाट पीडित पत्नी दाहालको उपचारका लागि प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पताल गएका थिए। उनी बिहीबार (आज) अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी आज दिउँसो ४ः १० बजे इत्तेहाद विमानबाट काठमाडौं अवतरण गर्ने नेकपाले जनाएको छ । अस्पतालले सीताले प्रयोग गरिरहेको औषधिमा थोरै परिवर्तन गरेर पठाएको पुत्री गंगाले बताएकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ७ : ३२ बजे