१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पत्रकारमाथी भएको हातपातप्रति चौतारी र सेन्टर गुल्मी शाखाद्धारा घोर निन्दा



शिवलाल सुवेदी, गुल्मी ।

पाल्पामा पत्रकार माथी हातपात भएको घटनाप्रति प्रेस चौतारी नेपाल गुल्मी र प्रेस सेन्टर गुल्मी शाखाले आपत्ती जनाएको छन । नेपाल पत्रकार महासघं पाल्पाका अध्यक्ष राजेश कुमरा अर्याल र शाखाका सदस्य विजय कुमार पौडेल लगायतका पत्रकारहरुमाथी शुक्रवार भएको हातपातप्रति प्रेस चौतारी नेपाल गुल्मी र प्रेस सेन्टर गुल्मीले घोर भत्र्सना गरेका छन ।
प्रेस चौतारी नेपाल गुल्मी र प्रेस सेन्टर गुल्मीले शुक्रवार नै एक प्रेस विज्ञप्ती जारी गदै घटनाको निन्दा र घोर भत्र्सना गरेका हुन । गत फागुन १५ गते पाल्पाको तानसेनको होलाङ्गीदेखि ढुङ्गाखानी सडक केन्द्रदेखि दायावायाँ १०÷१० मिटर चौडा पार्ने निर्णयको पक्षमा पाल्पाली पत्रकारहरुले समाचार लेखेको विषयलाई लिएर पत्रकारहरुमाथी हातपात भएको घटनाले सुचना सकंलन तथा प्रकाशन प्रशारण गर्न पाउने प्रेस स्वतन्त्रतामाथीको ठाडो हस्तक्षेप निन्दनीय कदम भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केही ब्यक्तिहरुले निहत्था सचांरकर्मी माथी हातपात गर्ने र ज्यान मार्ने धम्की समेत दिने वावुराम विष्ट,शैेलेन्द्र भट्टराई लगायत माथी आवश्यक कडाभन्दा कडा कानुनी कारर्वाही गर्न समेत माग गरिएको छ । साथै सञ्चारकर्मीहरुले समाचार सकंलन तथा प्रकाशन प्रशारण गर्न तथा ज्यानको सुरक्षा र अभिब्यक्ति स्वतन्त्रताको रक्षाको लागि प्रहरी प्रशासनल लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिवलाल सुवेदी र प्रेस सेन्टर गुल्मीका सयोजक दधिराम खनालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  १२ : ३६ बजे