३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

बांकेमा स्कुटर दुर्घटना, दुईजनाको मृत्यु



बाँके ।

कोहलपुरमा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।  बर्दियाकी उषा चौधरी र बाँकेका लोकबहादुर शाहीको मृत्यु भएको हो। शुक्रबार बेलुकी कोहलपुर नगरपालिका(५ मा भे ७ प १४ ४० र भे ८ प २१६५ नम्बरका स्कुटर ठोक्किएपछि बा १५ च २०९६ नम्बरको गाडीले दुवै स्कुटरलाई ठक्कर दिएको थियो।  ठक्करका कारण दुवै स्कुटरका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइते हुनेमा स्कुटरको पछाडि सवार अन्‍य दुईजना छन्।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ६ : ११ बजे