८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दुई महिना सुतेको इनाम १९ हजार अमेरिकी डलर



वासिङ्टन ।

यदी तपाइँलाई विहान ओछ्यानबाट उठ्न अल्छी लाग्छ भने, यो सबैभन्दा उपयुक्त अवसर हुनसक्छ।

नासाका वैज्ञानिकहरु यतिबेला त्यस्तो महिलाहरुको खोजीमा छन्, जसले ६० दिनसम्म सुतेर अथवा उत्तानो परेरै बस्न सकुन्। उनीहरुले १९ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।खासमा वैज्ञानिकहरु मानिसको ‘वजनहीनता’ बारे अध्ययन गरिरहेका छन्।

उनीहरुले पल्टिएरै खानुपर्ने। बाथरुमदेखि बेडरुपमा पल्टिएरै अथवा सुतेरै सबै कार्य गर्नुपर्ने वैज्ञानिकहरुले सर्त राखेका छन्।

जब अन्तरिक्षयात्री अन्तरिक्षमा हुन्छन्, धेरै कम गुरुत्वाकर्षण ‘माइक्रोग्य्राभिटी’का कारण मानव शरीरमा वजनहीनता हुन्छ।

वजनहीनताको प्रभावको अनुकरण गरेर वैज्ञानिकहरु यसको प्रभावको सामना गर्ने विधिहरु विकास गर्ने आशा राख्छन्।

जसलेगर्दा अन्तरीक्षयात्रीले आफूलाई स्वस्थ र स्फुर्त राख्न अन्तरिक्षमा धेरै समय अभ्यास गर्नुपर्दैन।

वजनहीनताले शरीरको पाचन प्रणाली, रक्तसंचार लगायत शारिरिक प्रणालीमा प्रभाव पार्दछ।

यस अध्ययनले वजनहीनताको प्रभाव र समाधानका विधि पत्ता लाग्ने अनुमान गरिएको छ। सिएनएन

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ६ : ४६ बजे