१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

मौसमः अधिकांश स्थानमा वर्षाको सम्भावना



काठमाडौँ ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताइन् । तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् वासीले जानकारी दिइन् ।

उनका अनुसार प्रिमनसुनको समय भएका हुनाले वर्षा लामो समय हुनेछैन् छिनमै मौसमपरिवर्तन हुनेछ । उच्च हिमाली भू–भागमामा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

राति देशको अधिकांश स्थानमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी–पश्चिमी स्थानका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भेगको केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस र अधिकमत तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ७ : ०६ बजे