५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नयाँ रंगशालामा टोटनह्यामको जित



एजेन्सी ।
टोटनह्यामले एक बिलियन पाउण्डको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न नयाँ रंगशालाको औपचारिक उद्घाटन गरेको छ,
दुईवटा अभ्यास खेलपछि नयाँ रंगशालमा बुधबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको पहिलो खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो ।

नयाँ रंगशालामा टोटनह्यामको जितमा सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा टोटनह्यामले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५५ औँ मिनेटमभा सनले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ८० औँ मिनेटमा एरिक्सनले गोल गरेपछि टोटनह्याम २–० ले विजयी भयो ।

प्रकाशित मिति : २१ चैत्र २०७५ बिहिबार ००:००  ३ : १७ बजे