२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



चितवन ।
ट्रकको ठक्करबाट चितवनमा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालीका १८ का ३२ वर्षीय मेघलाल तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर केन्द्रीय बस टर्मिनलबाट आँपटारीतर्फ जाँदै गरेको ना६ख ६५६६ नम्बरको ट्रकले भित्री बाटोबाट निस्किएको ना६३प ८२६ नम्बरको स्कुटरलाई मालपोत चोकनजिकै ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ६ : ५९ बजे