२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एथ्लेटिको मड्रिड माथि बार्सिलोनाको २–० को शानदार जित



एजेन्सी ।
साबिक विजेता बार्सिलोनाले उपाधि होडलाई बलियो बनाएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि २–० को जित निकाल्दै बार्सिलोनाले ११ अंकको अग्रता कायम गरेको छ ।
अवे मैदानमा भएको खेलमा खेलको अधिकांश समय १० खेलाडीमा सीमित भए पनि एथ्लेटिको मड्रिड अन्तिम समयसम्म सम्हालिएको थियो । तर अन्तिमको केही मिनेट उसका लागि घातक बन्यो ।
बार्सिलोनाका लागि ८५ औँ मिनेटमा लुइस स्वारेजले पहिलो गोल गरे । त्यसको एक मिनेटपति कप्तान लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले एक मिनेटको अन्तरमा २–० को जित निश्चित गरेको हो ।
२८ औँ मिनेटमा नै डिएगो कोस्टा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो । जितपछि बार्सिलोनाको ३१ खेलबाट ७३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६२ अंक छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ३ : ०१ बजे