२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

सर्पले टोक्दा वृद्धाको मृत्यु



जनकपुरधाम ।
सप्तरीमा सर्पको टोकाईबाट ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका(१० बनौला घर भएको एक ८० वर्षीया वृद्धालाई सर्पले टोकेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा डाक्नेश्वर नगरपालिका(१० घर भएका कैलि ठाकुरको श्रीमती फुलकुन देवी ठाकुर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ठाकुरलाई सर्पले टोक्दा घाइते भई उपचारको लागि लहानस्थित राउ स्मार्क अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइन, सप्तरीले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ८ : १४ बजे