२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

डोल्पामा रोकिराखेको जीप दुर्घटना



डोल्पा ।
लिल्लाको सदरमुकाम दुनैमा रोकिराखेको जीप दुर्घटना भएको छ। ठुलीभेरी नगरपालिका ३ मा पर्ने कालिका मन्दिरनजिकै चालकले रोकेर राखेको भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। आइतबार बिहान रुपगाडबाट सदरमुकाम दुनैतिर आउदै गरेको जिप नजिकैको सिटिजन्स बैँकमा पैसा साट्न गएको बेलामा जिप आफै २० मिटर पछाडि गुडेर सडक भन्दा ३ मिटर तल तटबन्दमा बजारिएको छ। जिपमा २ जना यात्रु चढेका भए पनि दुबै जनाले झयालबाट हाम फालेर सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिए। आफूले गाडी बन्द गरी सकेको तर सहचालक नभएको कारण यात्रुलाई फिर्ता दिने पैसा साट्न बैंकमा गएको बेलामा जिप पछाडि कुदेको चालक मदन डाँगीले बताए। दुर्घटनाबाट जिपको पछाडिको भागमा सामान्य क्षति पुगेको छ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  १० : २२ बजे