२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

गोदानको आन्दोलन जारी, बिरामीको विचल्ली



काठमाडौं ।
सरकारी चिकित्सकहरुले चौथो दिन पनि आन्दोलन जारी राखेका छन्। सरकारी चिकित्सकहरुको संस्था गोदानले सोमबार चौथो दिन पनि अस्पतालहरुमा आकास्मिक बाहेकका सेवा नदिने जनाएको छ। सरकारले कर्मचारी समायोजन गर्दा आफुहरुलाई संघ मातहत नराखेर प्रदेश र स्थानीय तह मातहतमा राखेको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्। उनीहरुको आन्दोलनका कारण सेवा लिन अस्पताल पुगेका र अस्पतालमै उपचाररत बिरामीको विचल्ली भएको छ। आधारभुत उपचारसेवा पाउनैपर्ने सर्वसाधारण सेवा नपाएर मारमा परेका छन्। महिनौं अघि तय भएका विरामीहरुको अप्रेशनसमेत रोकिएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  ३ : २७ बजे