२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा



कालिकोट ।
वर्षाका कारण अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सोमबार बिहानैदेखि सञ्चालनमा आएको हो। पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प थियो। शनिबार र आइतबार दुई वटा डोजर प्रयोगमा ल्याएर पहिरो पन्छाएको सोमबार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए। गगनेखोला गएको पहिरोका कारणले रारा ताल घुम्न जाने पर्यटकहरू बाटोमा नै अलपत्र परेका थिए। बाटो खुलेपछि उनीहरू पनि गतव्यतर्फ लागेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  ६ : १९ बजे