२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

काठमाण्डौको बसुन्धारामा सकेट बम भेटियो



काठमाडौं ।
राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ। कल्चर सेन्टरको कार्यलयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। सोफामुनि भेटिएको उक्त बम नेपाली सेनाले डिस्पोज गरिरहेको छ। प्रहरीले कल्चर सेन्टरका संचालक प्रकाश सुवेदी सहित ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत डिएसपी बोगटीले बताए।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  ८ : ५४ बजे