२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

त्रिभुवन आर्मी क्लबद्धारा गोलको बर्षा, गण्डकी प्रदेश ११–० ले पराजित



मायादेवी अनलाइन, वाणगंगा ।
बुद्धरंगशालामा विहीबार विहान भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले शानदार जित निकालेको छ । आर्मीले गण्डकी प्रदेशलाई भारी गोल अन्तरले हराउँदै शानदार विजयी हासिल गरेको हो । आर्मीले गण्डकीलाई ११–० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफ सकिदा २ गोलले अगाडी रहेको आर्मी दोस्रो हाफको खेलमा आक्रमक ढंगले प्रस्तुत भयो । आर्मीका गोलका बर्षालाई पटक पटक रोक्दै आएको गण्डकी दोस्रो हाफको खेलमा निरिह बन्यो ।
खेलमा जर्सी नं. ९ की शर्मिला थापाले आर्मीको लागि चार गोल गरिन । यस्तै जर्सी नं. २३ की इन्दिरा राईले ह्याट्रिक गरिन् । यी दुवै खेलाडीले पहिलो हाफमा एक एक गोल हानेका थिए ।
यस्तै जर्सी नं. ७ की सपना लामा, जर्सी नं. १० की कृष्ण खत्री, जर्सी नं. १७ की भुजना राईले एक एक गोल गरे । खेलको म्याद अफ दी म्याच शर्मीला थापा भईन् ।
आर्मीका खेलाडीले लगातार गोलका बर्षा गर्दा गण्डकी प्रदेशका खेलाडीले एउटा पनि गोल गर्न सकेनन । उद्घाटन खेलमा कर्णाली प्रदेशलाई चार शुन्यले पराजित गरेको गण्डकीले आर्मीका विरुद्ध एउटा पनि गोल गर्न नसकेको हो ।
आज साँझ ४ बजे दोस्रो हुने हुनेछ । जसमा एपिएफ र कर्णाली प्रदेश भिड्ने छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ७ : ४० बजे